७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको कारण अड्कियो चिकित्सा शिक्षा विधेयक



अ+ अ-

काठमाडौं ।  डा.गोविन्द केसीसँग भएको सहमतिबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कारण संसदको कारणले विधेयक रोकिएको छ । आज बसेको बैठकमा सत्तारुढ दल नेकपाका नेताहरु बिच आपसी सहमति हुन नसक्दा शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनलाई अन्तिम रुप दिन नसकेको हो ।

बैठकमा सभापतिले प्रतिवेदन पास भयो भन्नसाथ विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले केहीबुँदामाथि असहमति जनाएका थिउ । उनले प्रतिवेदन डा. केसी बिरुद्द आएको भन्दै फरक मत राख्ने जनाएका थिए । साथै पास फेल भन्नुपूर्व उपसमिति वा समितिमध्ये कहाँ मतदान गर्ने भनेपछि केहीवेर प्रक्रियाको खोजी भयो ।

त्यही बीचमा सांसदहरुले फरक मत राखेर जाँदा समस्या झन बल्झिने भन्दै ध्यानाकर्षण गराएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सहमतिअनुसार नै विधेयक आओस् भन्दै बाहिरीएका थिए ।

उपसमितिका सदस्यहरुबीच फेरि अनौपरिक छलफल सुरु भएको छ र समिति सभापति जयपुरी घर्तीले डा. केसीलाई भोलिको बैठकसम्म पर्खन आग्रह गरेकी छन् ।

शिक्षा तथा स्वास्थ्य समिति र मातहतको उपसमिति लामो समयदेखि चिकित्सा शिक्षा विधेयकको छलफलमा छ तर, डा. केसीसँग भएको सहमतिबारे सत्तारुढ नेकपाभित्रको फरक धारणाले त्यसलाई टुंगोमा पुग्नबाट रोकिराखेको छ । ‘कांग्रेसले डा.केसीसँग भएको सहमतिअनुसार हुनुपर्छ भनेको छ, सकियो’, समितिका एक सदस्य भन्छन्, ‘तर, नेकपाका नेता पिच्छे फरक धारणा छ । भएको पास नभएको स्रोतले जनाएको छ ।