७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ प्रधानन्यायाधीश राणाले खोसे जोशीको पेसी



अ+ अ-

काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई पेसी विमुख गराएर आफ्नो कार्यकाल थालनी गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

मुलुकको २१ औँ प्रधानन्यायाधीशको पदभार सम्हालेपछि राणाले बुधबार दैनिक पेसी तोकेका थिए । तर उनले वरिष्ठ न्यायाधीश जोशीलाई कुनै मुद्दा हेर्न दिएनन् ।

गत साउनमा संसदीय विशेष सुनुवाइ समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो। प्रधानन्यायाधीश राणाले गत आइतबार सुनुवाइ समितिमा आफू प्रधानन्यायाधीश भएमा संसद्को गरिमा राख्ने प्रतिबद्धता जनाएका थिए।

राणाले आफूले कठोर निर्णय लिएर पेसी नतोकेको स्पष्ट पार्दै अदालतलाई निकास दिन जोशीसँग आग्रह गरेका छन्। राणाले भने, ‘मेरा सहपाठी मित्रले वरिष्ठ न्यायाधीशका रूपमा अदालतलाई बन्धक बनाउनुहुन्न। उहाँले अदालतलाई निकास दिनुपर्छ। अबदेखि उहाँको नाममा पेसी तोकिनेछैन।’