७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अधिकारीको आजै राजिनामा आउन सक्ने, के गर्लान राजनीतिबाटै सन्यास ?



अ+ अ-

काठमाडौं । वाइडबडी विमान खरिदमा मुछिएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले आजै राजिनामा दिन सक्ने बताइएको छ । मङ्गलबार जब सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदनलाई अन्तिम रूप दिँदै दुईवटा विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ घोटाला भएको खबर मिडीयामा सार्वजनीक भएपछि राजीनिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न गराएको छ ।
सार्वजनिक कार्यक्रममा बाइडबडी खरिदमा आफ्नो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु भन्दै आएका मन्त्री अधिकारीले अब सन्यासको बाटो रोज्लान् वा आफूलाई चोख्याउन उच्च तहको दौडधूप बढाउँलान् ? यो प्रश्न आम सर्वसाधारणका लागि चासोको विषय बनेको छ । मन्त्री अधिकारीले कात्तिक २५ गते एक मिडियामा अन्तरवार्ता दिँदै बाइडबडी खरिदमा आफ्नो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु भनेका को राजनीतिक भविष्य अब के हुन्छ ?

वाइडबडीबारे अध्ययन गर्न लेखा समितिका सदस्य राजेन्द्र केसीको नेतृत्वमा बनेको उपसिमितिको प्रतिवेदनले जहाज खरिद गर्दा ८४ लाख अमेरिकी डलर, लागत अनुमान र खरिद मूल्यमा २३।६ मिलियन अमेरिकी डलर, कबोल गरेको मूल्यमा ६.८ मिलियन अमेरीकी डलर, प्रि–इन्सपेक्सनमा १ करोड घाटा भएको सार्वजनिक गरिसकेको छ । यो हिसावमा हालका डलर सटहीदरलाई आधार मान्दा ४ अर्ब ३५ करोड ५६ लाख नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ ।