७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बुलेन्स सेवा शुरु



अ+ अ-

 


बैतडी । बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ । नगरपालिकाको रु १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताउनुभयो ।

२४ सैँ घण्टा सञ्चालन गरिने एम्बुलेन्स नेपाल सरकारको एम्बुलेन्स भाडादरमा चलाइने मेलौली नगरपालिकाले जनाएको छ । अन्य एम्बुलेन्सभन्दा यो एम्बुलेन्स सस्तो र सुलभ मूल्यमा सञ्चालन गरिने भएको छ ।
करीब छ÷सात महीनाको प्रयासपछि नगरपालिकामा एम्बुलेन्स पु¥याउन सफल भएको नगरप्रमुख कृष्णसिंह नायकको भनाइ छ । बाहिरी मूल्य रु ३४ लाख पर्ने यो टाटा कम्पनीको एम्बुलेन्स भन्सार छुटमा १० लाख ४९ हजारमा ल्याउन सफल भएको मेलौली नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा एम्बुलेन्स पुग्दा नागरिक धेरै खुशी भएका छन् । यसअघि एम्बुलेन्स नहँुदा त्यस क्षेत्रका धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको थियो । अब त्यहाँका बिरामीसँगै सुत्केरी महिलालाई सहज हुने भएको छ ।
रासस