७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदरले पनि छोडेन सुन्तला



अ+ अ-

पोखरा । सिक्टस ग्रिनिङ भाइरसका कारण कास्कीका सुन्तला सखाप भएसँगै किसान मारमा परेका त थिए नै, जसोतसो बचेका ठाउँमा पनि बाँदर आतङ्कले पिरोल्न थालेको छ ।

कास्कीको भरतपोखरी, हंसपुरलगायत स्थानमा सुन्तला सखाप जस्तै भएका बेला निर्मलपोखरी, कृस्ती लगायतका स्थानका केही किसानले अभैm पनि सुन्तला उत्पादन राम्रो गरेका छन् । उत्पादन भएका सुन्तला पहेँलपुर भई टिप्ने बेलामा यतिखेर बाँदर कुरेर बस्नुपर्ने उनीहरूको दैनिकी जस्तै बनेको छ । पोखरा–२१ फेदीपाटन खर्कडाँडाका नारायण पौडेलका अनुसार किसानलाई बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ । “विगतमा बाँदरले सुन्तला खाएको कम नै देखिन्थ्यो,” विगतको अनुभव सुनाउँदै ७२ वर्षीय पौडेलले भन्नुभयो, “अहिले भने जङ्गलबाट हुलका हुल बाँदर बगँैचामा पसेर सुन्तला सखाप पार्न थालेका छन् ।”

असोज महीनादेखि बाँदरबाट सुन्तला जोगाउन श्रीमती नर्मदा र एउटा कुकुरसहित बगैँचामा धरालो बस्दै आएको बताउँदै उहाँले धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको दुखेसो सुनाउनुभयो । बाँदर साँझपख बास बसेपछि बस्तीमा नआउने गरेको विगतको स्मरण गर्दै कृषक पौडेलले थप्नुभयो, “अहिले त दिन न रात, जुनसुकै बेलामा पनि आउँछन् ।” बेलुका साँझ परेपछि बाँदर वनमा बास बसे भनेर कुकुरसहित घरमा आएपछि यही पुस महीनाको ११ गते बाँदरको एक हुलले मिनेट भरमा दुई वटा बोटको सुन्तला रित्तै बनाएको उहाँले रासससँंग पीडा सुनाउनुभयो ।

विगत २२ वर्षअघि सारेका सुन्तलाका बोटले पाँच वर्षदेखि लगातार उत्पादन दिन थालेको बताउँदै उहाँले राज्यले बजारीकरण, भण्डारणका साथै बाँदर नियन्त्रणमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । तीन मुरी धान उत्पादन हुने दुई रोपनी क्षेत्रफलमा लगाएका २०० बिरुवामध्ये लगभग १५० बोटले फल दिन शुरु गरेको बताउँदै उहाँले यस वर्ष बोटबाटै ठेकेदारलाई तीन लाख २० हजार रुपैयाँमा सुन्तला बिक्री गरेको बताउनुभयो ।

जङ्गलको बीच भागमा रहेको सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएको बताउँदै श्रीमती नर्मदाले बाँदरले अटेरी गर्ने, कतिपय अवस्थामा घरभित्रै पसेर मकैलगायत अन्नबाली खाने गरेको बताउनुभयो ।

उत्पादन बढाउने लक्ष्यका साथ पौडेल दम्पतीले गोठमा रहेको गाई र भैँसीको पिसाब सङ्कलन गरी प्रत्येक वर्ष एउटा सुन्तलाको बोटको फेदमा झण्डै आठ पाथी गहुँत राख्ने गर्नुभएको छ । बगैँचामा सुन्तलाको एउटा बोट मरेपछि त्यहाँ दुई वटा बिरुवा थप्दै आएको बताउने उहाँहरूले सुन्तलामा सुनौलो भविष्य देखेको उल्लेख गर्नुभयोे । पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित उक्त स्थानमा सात कृषकले लभगभ ६० रोपनी भिरालो पाखो जग्गामा लगाएको सुन्तला बिक्रीबाट यस वर्ष मात्र रु २० लाखभन्दा बढी आम्दानी गरेका छन् । रासस