२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारम्बार भ्रष्टाचारको चरम विकृतिले राज्य प्रणाली थलियो: विवेकशील साझा



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले वाइडबडी खरिद प्रकरणका दोषीलाई तत्कालै पदबाट मुक्त गर्न माग गरेको छ ।

बिहिबार विवेकशील साझा पार्टिले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ , ‘संसदीय छानबिन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल कार्यभारबाट मुक्त गरी निष्पक्ष कानूनी र न्यायिक प्रक्रिया यथाशीघ्र अघि बढाउन सरकारकासँग जोडदार माग गर्दछ ।’

विज्ञप्तिमा सार्वजनिक खरिद प्रक्रियामा बारम्बार भ्रष्टाचार हुनुले राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतिले थलिएको स्पष्ट देखिएको उल्लेख गरिएको छ ।

यस्तो विकृतिलाई जरैदेखि उखेल्न, आमजनता, नागरिक समाज र राजनीतिक दलले आआफ्नो ठाउँबाट गम्भिर र सार्थक पहल गर्न आवश्यक रहेको विवेकशील साझा पार्टीको भनाइ रहेको छ।