१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारखाना भत्किँदा सातको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको मोती नगरमा अवस्थित एक कारखानाको पर्खाल भत्किँदा सात व्यक्तिको मृत्यु भएको छ ।

यस घटनामा परी अन्य आठ व्यक्ति घाइते भएका छन् । ती घाइतेहरूको दुई वटा छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

स्थानीय समयानुसार बिहीबार राति ९ः४५ मा ग्यासको सिलिण्डर विस्फोटको कारण कारखानाको पर्खाल भत्किएको थियो ।

सो घटनापछि प्रहरीले तत्काल उद्धारकार्य शुरु गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उद्धारकार्य शुक्रबार बिहानसम्म पनि जारी रहेको बताइएको छ ।

प्रहरीले के कति कारण सो घटना भएको यसको अनुसन्धान शुरु गरेको बताइएको छ ।

रासस