१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा करीब नौ लाखको क्षति



अ+ अ-

गौशाला : महोत्तरी जिल्लाको चार स्थानमा गए राति भएको छुट्टाछुट्टै आगलागीको घटनामा करीब रु नौ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गाहा नगरपालिका–६ हतिसर्वा बस्ने उमेशप्रसाद यादवले लगाएको दुई बिघा क्षेत्रफलको उखु खेतमा अचानक आगलागी हुँदा रु आठ लाख मुल्य बराबरको क्षति भएको छ । पीडित उखु किसान यादवका अनुसार कसैले रिसइबीका कारण आगजनी गरिदिएको हो ।
त्यस्तै जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने रामबहादुर सहनीको पोखरीको डिलमा रहेको पानी तान्ने मोटर घरमा विद्युत् सर्ट भई आगलागी हुँदा मोटरघर र मोटरसमेत जलेर रु २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोनमा गाउँपालिका–४ बस्ने रामकिशोर साहको दुई परालको कुन्यूमा आगलागी हुँदा रु २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको गौशाला नगरपालिका–२ निगौल बस्ने शेष कलामको घर नजिकै रहेको दुई बिघा खेतको परालमा आगलागी हुँदा करीब ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अवैध सामान बरामद

भारतबाट भन्सार छली ल्याइएको अवैध सामान गए राति महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्लाको सम्सी गाउँपालिका–५ गैँढाभेटपुरस्थित बाटोमा भारतबाट आएको ज१०प ८२०५ नंको मोटरसाइकलमा भन्सार छली ल्याइएको १० प्याकेट राजनिवास गुटखा, चार प्याकेट शिखर गुटखा, चार प्याकेट तुलसी पान मसाला र १० प्याकेट चकलेट प्रहरीले बरामद गरेको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताउनुभयो ।

भन्सार छली भारतबाट ल्याएका सबै सामान प्रहरीले नियन्त्रणमा लिएर मोटरसाइकल र चालकलाई छाडेको छ ।