२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् पूर्व एमालेका मनकारी सांसद, यिनले गरे यस्तो काम



अ+ अ-

काठमाडौं । पछिल्लो समय सरकारका मन्त्री, सांसद तथा तिनका आफन्तले विभिन्न बहानामा सुविधाको दुरुपयोग गरेको चर्चा चुलीमा छ । तर, गण्डकी प्रदेशका दुई सांसदले भने आफूले बुझ्ने तलबभत्तासमेत सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।

कास्की क्षेत्र नम्बर ३ प्रदेश (ख) बाट निर्वाचित सांसद राजीव पहारीले प्राप्त सबै तलबभत्ता सामाजिक सेवामा खर्चेका हुन् । दुवै सांसदले पारिश्रमिक र भत्तामा केही रकम थप गरी समाजसेवामा लगाएको बताएका छन् ।

सांसद पहारीले ११ महिनाको तलब सामाजिक कार्यमा खर्चिएको बताएका छन् । उनले खर्च गरेको विवरण नै सार्वजनिक गरेका छन् । पहारी तत्कालीन एमालेका तर्फबाट निर्वाचित सांसद हुन्।

पहारीले कहाँ कति खर्च गरे ?

सांसद राजीव पहारीले ११ महिनामा प्राप्त गरेको तलबभत्ताबाट प्रशासनिक खर्च कटाएर ४ लाख ५० हजार रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको जानकारी दिएका छन् ।

उनले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाइपका लागि ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति ६ लाई ८० हजार, बलात्कारपछि हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई १० हजार, विभिन्न आमा समूहलाई ४० हजार र कास्की खेलाडी संघलाई २३ हजारबराबरको युरोगार्ड सहयोग गरेका छन् । उनले पत्रकार महासंघ कास्कीलाई समेत युरोगार्ड प्रदान गर्ने जानकारी दिए ।

शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा सांसद पहारीले सिद्ध आधारभूत विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय, जनसिद्ध आधारभूत, सिद्धवराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सिर्जना सामुदायिक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशील मावि सल्यानलाई पिउने पानीका लागि एकरएक थान युरोगार्ड हस्तान्तरण गरेका छन् । नयाँ पत्रिका दैनिकबाट




भर्खरै