४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि भूकम्पको धक्का, स्थानीयबासी त्रसित



अ+ अ-

बैतडी । शनिबार राति भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी र दार्चुलाबासी त्रसित भएका छन् । राति १० बजेर १ मिनेटमा ४ रिक्टर स्केलको भूकम्प गएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा रहेको जानकारी दिए। भूकम्प धक्का महसुस गरिए पनि क्षति विवरण कतैबाट नआएको प्रहरीले जनाएको छ।