७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रश्न गर्न पाइएन, काँग्रेसद्वारा संसदमा हंगामा



अ+ अ-


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमार्फत देशवाशीलाई सम्बोधन गरे । उनले संसदमा सार्वजनिक वक्तव्य दिए र विदा हुन खोजे । तर विपक्षी काँग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने बताए । तर प्रश्न गर्न नपाएपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरे । उनीहरुले उठेर विरोध गरे र प्रधानमन्त्रीका कुरा चित्त नबुझेपनि प्रश्न गर्न पाउनुपर्ने जिकीर गरे र संसदजमा उठीरहे ।
आइतबार संसद बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले झण्डै एक घन्टा लामो सम्बोधन गरे । उनले सरकारको कामकारबाहीबारे जानकारी दिए र सरकारले धेरै राम्रो काम गर्दा पनि विपक्षीले राम्रो भन्न नसकेको गुनासो गरे ।
उनको सम्बोधन सकिएलगत्तै कांग्रेस सांसदहरुले प्रश्नउत्तर गर्न समय मागे । तर, सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले सरकारको कामकारबाहीबारे जानकारी मात्र दिएको भन्दै समय दिएनन् । कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख महराले ‘सिमित सदस्यलाई प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिए । तर, रिजालले महराको प्रस्ताव मानेनन् । उनले प्रश्न शुरु नगरेपछि लगतै सभामुखले प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिए र अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न भने । त्यसपछि कांग्रेस सांसदहरुको नाराबाजी शुरु भयो । नाराबाजीकै बीचमा दाहालले प्रतिवेदन पेश गरे । तर त्यस लगत्तै बैठक स्थगित भएको छ ।