२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रश्न गर्न पाइएन, काँग्रेसद्वारा संसदमा हंगामा



अ+ अ-


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमार्फत देशवाशीलाई सम्बोधन गरे । उनले संसदमा सार्वजनिक वक्तव्य दिए र विदा हुन खोजे । तर विपक्षी काँग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने बताए । तर प्रश्न गर्न नपाएपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरे । उनीहरुले उठेर विरोध गरे र प्रधानमन्त्रीका कुरा चित्त नबुझेपनि प्रश्न गर्न पाउनुपर्ने जिकीर गरे र संसदजमा उठीरहे ।
आइतबार संसद बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले झण्डै एक घन्टा लामो सम्बोधन गरे । उनले सरकारको कामकारबाहीबारे जानकारी दिए र सरकारले धेरै राम्रो काम गर्दा पनि विपक्षीले राम्रो भन्न नसकेको गुनासो गरे ।
उनको सम्बोधन सकिएलगत्तै कांग्रेस सांसदहरुले प्रश्नउत्तर गर्न समय मागे । तर, सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले सरकारको कामकारबाहीबारे जानकारी मात्र दिएको भन्दै समय दिएनन् । कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख महराले ‘सिमित सदस्यलाई प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिए । तर, रिजालले महराको प्रस्ताव मानेनन् । उनले प्रश्न शुरु नगरेपछि लगतै सभामुखले प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिए र अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न भने । त्यसपछि कांग्रेस सांसदहरुको नाराबाजी शुरु भयो । नाराबाजीकै बीचमा दाहालले प्रतिवेदन पेश गरे । तर त्यस लगत्तै बैठक स्थगित भएको छ ।