२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनांगेले भने-‘यीनलाई कानून नसिकाई भएन’



अ+ अ-

पोखरा । कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल पश्चात सभामुखले सपथ ग्रहण नगराउने निर्णय लिएपछि राजीव गुरुङ उर्फ दीपक मनाङेले आफै आएर कानुन सिकाउने प्रतिक्रिया दिएका छन्।

तपाईलाई सपथ ग्रहण नगराउने निर्णय सभामुखले गर्नुभएको छ, यसमा तपाईको प्रतिक्रिया के छ भनेर नागरिककर्मीले फोनमार्फत प्रश्न गर्दा उनले भने, ‘उनीहरुलाई कानुन थाहा नभएर हो, उनीहरुलाई कानुन नै थाहा छैन्, भोलि आएर म बुझाउँछु, म सिकाउँछु, अलिकति नसिकाई पनि भएन।’ उनले अगाडि थपे, ‘उनीहरु हावाहावा कुरा सोच्छन, उनीहरुले बैठक बस्ने कुरा नै होईन, मुख्य न्यायधीवक्तासँग सल्लाह गरेर सभामुखले निर्णय गर्नुपर्ने विषय हो, उनीहरु सर्वदलीय बैठक राख्छन्।’

तर, आजको निर्णय त सभामुखले मुख्य न्यायधीवक्तासहित परामर्श समितिका सदस्यहरुको छलफलबाट लिनुभएको हो, तपाईले भनेजस्तो सर्वदलीय बैठकबाट निर्णय भएको होईन नि भन्ने प्रश्नमा उनले भने, ‘उस (मुख्य न्यायधीवक्ता) लाई भेटेर मैले सल्लाह दिएको हो, सल्लाह उनीहरुले होईन मैले दिने हो, विदेशमा पढेको मान्छे रहेछ, यहाँ आएर राजनीतिक नियुक्ती भएको मान्छे हो ऊ, उनीहरुलाई थाहा रहेनछ, सपथ ग्रहण गर्न मिल्दैन भनेर लिखित रुपमा दिनुपर्‍यो, सर्वदलीय बैठक बोलाउनै नपर्ने विषय हो।’ सोमबार पोखरा आउने र थप सल्लाह गर्ने उनले बताए। नागरिक दैनिकमा खबर छ ।




भर्खरै