७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा भिषण आगलागी, एक जना पक्राउ



अ+ अ-

डडेल्धुरा । आइतबार राति डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा भीषण आगलागी भएको छ। जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारको बगरकोट रोडमा राति साढे १२ बजे आगलागी भएको हो ।
आगलागीवाट नौ वटा पसल जलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। करिब दुई घण्टापछि नगरपालिकको दमकल, प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार प्रहरीले आगो लगाएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम ठेगाना खुलाइए छैन। उनले आगो लगाएको प्रहरीसँग स्वीकार गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए।