८ आश्विन २०८१, मंगलवार
,
Latest
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा सुनको मूल्य हालसम्मकै उच्च पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ को मृत्यु विर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन सहित एक पक्राउ



अ+ अ-

काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सुन र नगद चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले टोखा नगरपालिका–१ फूलबारीस्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले चोरी गरेको स्थानभन्दा पर खोजतलास गर्दा सुन र नगदसहित अधिकारीलाई पक्राउ गरेको जानकारी दिनुभयो । “अधिकारीको शरीर खानतलास गर्दा आफूले सुन र नगद चोरी गरेर ल्याएको स्वीकारेका छन्”, उहाँले भन्नुभयो ।

पक्राउ अधिकारीसँग प्रहरीले रु २३ हजार ६५० नगद, पोतेसहित तिलहरी एक थान, मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान, मोबाइल एक थान, रातो हाते ब्याग एक थान, सुनको बिल एक थान बरामद गरेको छ । प्रहरीले अधिकारीलाई चोरी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकोे वृत्तले जनाएको छ ।