७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीमाथि आक्रमणको खतरा, सुरक्षा व्यवस्था कडा !



अ+ अ-

काठमाडौँ । नेपालको सबैभन्दा सुरक्षित प्रशासनिक केन्द्र सिंहदरबारमा बस्छन् गृहमन्त्री रामबहादुर थापा बादल । सिंहदरबारलाई चारै तिरबाट नेपाली सेनाको पहरा छ । अझ सिंहदरबार परिसरको उत्तर दिशामा हतियारधारी सुरक्षाकर्मी चौबिसै घण्टा तैनाथ रहन्छन् तर पनि गृहमन्त्री रामबहादुर थापा बादललाई असुरक्षा महसुस भइरहेको चर्चा गृहमन्त्रालयमा चलेको छ ।

‘आखिर गृहमन्त्री बादलमाथि कसले आक्रमण गर्ने दाउ खोजिरहेको छ’ सिंहदरबारभित्र जिज्ञासाको विषय बनेको छ । सिंहदरबारभित्र छिर्न सर्वसाधरणलाई कठिन छ । त्योभन्दा कठिन अहिले सिंहदरबारभित्रको गृहमन्त्रालयमा छिर्न छ । सर्वसाधारण पत्रकार वा सरकारी कर्मचारी जोसुकै भए पनि कडा सुरक्षा जाँच पछि मात्र गृहमन्त्रालयभित्र प्रवेश गर्न सकिन्छ ।

मन्त्रीमाथि आक्रमणको खतरा हुने खुफिया खबर पाएपछि गृहमन्त्रालयको प्रवेशद्वारमै मेटल डिटेक्टर डोर राख्न लगाइएको छ भने मूल गेटमै सईको ड्युटीमा महिला कर्मचारी समेत रहनेगरी एक सेक्सन खटाइएको छ । पहिले मूल गेटमा एकजनाको मात्र ड्युटी रहने गरेकोमा अहिले ठूलै तामझामको सुरक्षा व्यवस्था देख्दा लाग्छ गृहमन्त्रीलाई ठूलै खतरा रहेको साँघु साप्ताहिकमा समाचार छ ।

२०७५ मंसिर ५ गते कालिकोट घर भएका पूर्व जनमुक्ति सेनाका घाइते लडाकु कुलप्रसाद भट्टराईले गृहमन्त्रीको कार्यकक्षमै विष सेवन गरी आत्मदाहको प्रयास गरे । जनयुद्धमा लडेर घाइते भएका भट्टराईले जीविकोपार्जन गर्न कठिन भो आर्थिक सहायता उपलब्ध गराई पाउँ भनि गृहमा दिएको निवेदनमाथि कुनै सुनुवाई नहुँदा उनले गृहमन्त्रीको सामुन्ने नै आत्मदाहको प्रयास गरेका थिए ।