२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ किलो चरेशसहित दुई पक्राउ



अ+ अ-

सुर्खेत । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् । छ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रहरी छिन्चुले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक क्षेत्रीका अनुसार विशेष सूचना पाएपछि इप्रका छिन्चुबाट खटिगएको टोलीले मदानीचौरस्थित जाजरकोट–छिन्चु सडकखण्डको माथिल्लो साइडमा घाँटी वनदेखि छिन्चुतर्फ आउने जाने सडकखण्ड नजिक वीरबहादुर बूढाको घरमा चरेश बरामद गरेको थियो ।

त्यसैगरी, ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत आइतबार नै सुर्खेत प्रहरीले ४३५ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । विभिन्न पसलबाट अवैध तयारी घरेलु मदिरा तथा कच्चा पदार्थ, भाँडावर्तन र मदिरा निर्माणमा प्रयोग हुने पाँच किलो औषधि बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।




भर्खरै