७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीको जोखिम कम गर्न विपन्न आवास कार्यक्रम



अ+ अ-

राँझा । बाँकेको नरैनापुर गाउँपालिकामा आगलागीको जोखिम न्यूनीकरण गर्न विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ । फुसको छाना भएका कारण प्रत्येक वर्ष गर्मीयाममा नरैनापुरमा आगलागी भई बस्ती नै सखाप हुने गरेकाले फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाका १२५ विपन्न घर परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा वडा नं ५ नयाँ बस्तीका ६० विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ ।

गाउँपालिकाको ३० प्रतिशत र महिला उपकार मञ्च बाँकेको ७० प्रतिशत लागतमा आवास कार्यक्रम शुरु गरिएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले फुसको छाना हटेसँगै नरैनापुरमा आगलागीका घटनामा कमी हुने बताउनुभयो ।
रासस