१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी र स्वारेज चम्केपछि बार्सिलोनाको सहज जित



अ+ अ-

काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आफ्नो दबदन्वा कायमै राखेको छ ।

सोमबार मध्य राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि जइमी माटाले गोल गरेका थिए ।

खेलको २०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै दबाब बनाएको बार्सिलोनाले खेलको ३९औं मिनेटमा स्वारेजले दास्रो गोल गरेका थिए। तर ४३औं मिनेटमा माटाले गोल गर्दै गेटाफेलाई २–१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सकेपनि थप गोल गर्न भने सकेन ।

जितसँगै लिग लिडर बार्सिलोनाको १८ खेलबाट ४० अंक भएको छ । पराजित गेटाफेको समान खेलबाट २५ अंक छ ।