५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकका अधिकांश भेगमा हिउँदे वर्षासँगै हिमपात



अ+ अ-

काठमाडौं । भू–मध्य सागरबाट उच्च वायुमण्डल हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगमा हिउँदे वर्षासँगै हिमपात सुरु भएको छ।

आइतबार बिहान भित्रिएको वायुको असर देशैभरि देखिएको हो। नेपाल समाचारपत्र दैनिकका अनुसार सोही वायुको प्रभावले सुदूरपश्चिम र मध्यपश्चिमी भेगमा आइतबार साँझदेखि वर्षा र हिमपात शुरु भएको थियो भने सोमबार बिहानैदेखि त्यस्तै प्रभाव अन्यत्र पनि फैलिएको छ।

भू–मध्यसागरबाट सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिएको वायुको प्रभावले अहिले वर्षासँगै हिमपात गराएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताए।

यो हिउँदयामको स्वभाविक प्रक्रिया भए पनि यसको असर दीर्घकालीन नहुने रिमालको भनाइ छ। ‘अहिलेको मौसमी प्रणाली मंगलबार पूर्वीभेगबाट सिक्किम र भुटानतर्फ मोडिँदै छ’, उनले भने। बुधबार भने उच्च पहाडी र हिमाली भेगको मौसम धुमिएर केही ठाउँमा छिटफुट वर्षासहित हिमपात दोहोरिने रिमालले बताए।

मुलुकका अन्यको तुलनामा डडेल्धुरामा धेरै वर्षा भएको छ, त्यहाँ ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।