२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षलाई भोट दिएको भन्दै सामूहिक बलात्कार



अ+ अ-

काठमाडौं । बंगलादेशको सत्तारुढ अवामी लिगका एक स्थानीय नेतासहित ७ जनालाइ पक्राउ गर्न आदेश दिइएको छ ।

उनीहरुलाई बंगलादेशको अदालतले एउटा सामूहिक बलात्कारको घटनालाई लिएर हिरासतमा लिन आदेश दिएको हो ।

उनीहरुमाथि एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेको हो । ती महिलाले आफूलाई विपक्षी बंगलादेश नेशनालिस्ट पार्टीलाई भोट दिएको आरोपमा सामूहिक बलात्कार गरेको बताएकी छन् । चार बच्चाकी आमा समेत रहेकी ति महिलामाथि चुनाव भएको ३० डिसेम्बरको राति सामूहिक बलात्कार भएको थियो ।

घटना सार्वजनिक भएपछि सर्वसाधारणले आक्रोश व्यक्त गर्दै प्रदर्शन गरेका छन् । अभियुक्तले भने आरोप अस्वीकार गरेका छन् । बलात्कारका संदिग्ध अवामी लिगका नेतालाई पार्टीबाट निष्कासित गरिएको छ ।

सो निर्वाचनमा अवामी लिगले एकतर्फी जित हासिल गरेको थियो । यद्यपि चुनावमा हिंसाका साथै, धम्क्याउने र भोट धाँधली गरेका घटना बाहिर आएका थिए ।

चुनावका क्रममा सत्तारुढ अवामी लिग र विपक्षी बंगलादेश नेशनालिस्ट पार्टीका कार्यकर्ताबीच भएको झडपका क्रममा १७ जनाको मृत्यु भएको थियो । चुनावपछि सत्तारुढ पार्टीले विपक्षी पार्टी र समर्थकमाथि गरेको हिंसाबारे राष्ट्रसंघले समेत चिन्ता जनाएको छ ।

बलात्कार पीडित महिलाका पतिले गत साता मुद्दा दर्ता गराएका थिए । उनले आफ्नो मुद्दामा आधा रातमा नोआखली जिल्लामा रहेका आफ्नो घरमा जबरजस्ती घुसेर आफू र चार जना बच्चालाई बाँधेर पत्नीलाई बलात्कार गरेको उल्लेख गरेका छन् ।

उनीहरु गएपछि छिमेकीको सहयोगमा ३५ वर्षीया पीडित महिलालाई अस्पताल गरिएको थियो । चुनावका दिन भोट दिन जाँदा ती महिलालाई उनीहरुले विपक्षी उम्मेदवारलाई भोट नदिन भनेका थिए ।

महिलाले त्यसबेला आफू अवामी लिगका ती स्थानीय नेता राहुल अमिनसँग असहमत भएको र पछि उनी आफ्ना साथीसहित घरमा आएको बताएकी छन् ।

सामूहिक बलात्कारको घटना बाहिर आएपछि विपक्षीले राजधानी ढाकासहित नोआखली जिल्लामा प्रदर्शन गरेका छन् । उनीहरुले सत्तारुढ पार्टीले घटनाबारे माफी माग्नुपर्ने बताइरहेको छ ।

बंगलादेश नेशनालिस्ट पार्टीका नेता मिर्जा फखरुल इस्लामले महिलासँगको कुराकानीपछि पत्रकारसँग भने, ‘चुनाव पछि भएको हमलाका केही नेता कार्यकर्ता घाइते भएका छन् र यहाँसम्म कि चार जना बच्चाकी आमा समेतलाई छाडिएको छैन, सामूहिक बलात्कार भएको छ ।’ पछिल्ला १० वर्षदेखि विपक्षीमाथि सरकार कठोर भएको आलोचकको भनाई छ । समाचार राजधानी दैनिकमा छ ।




भर्खरै