१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाल टी–२० विश्वकपको विश्व छनोटमा पुग्न सकेन

नेपाल टी–२० विश्वकपको विश्व छनोटमा पुग्न सकेन
अ अ+ अ-

काठमाडौं । नेपाल युएईसँग पराजित भएसँगै आइसिसी टी–२० विश्वकपको विश्व छनोट प्रतियोगितामा पुग्न असफल भएको छ ।

टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपाल आइतबार घरेलु टिम युएईसँग ४८ रनले पराजित भएको हो ।

युएईलाई पराजित गरेको अवस्थामा मात्र नेपाल पहिलो पटक विश्व छनोटमा पुग्ने थियो । 

नेपाललाई पराजित गरेसँगै युएई भने एसिया छनोटबाट विश्व छनोटमा पुगेको छ । एसिया छनोटबाट एक टिम मात्र विश्वकपमा छनोट हुने प्रावधानअनुसार युएईले खेलेका पाँच खेलमा नै जित निकाल्यो। 

आइतबार दुबईमा भएको खेलमा घरेलु टिम युएईले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा ७९ रनमै अलआउट हुन पुग्यो ।

नेपालकी ओपनर सीता रानामगर ८ बल खेलेर १३ रन जोड्दै आउट भइन् । त्यसपछि ब्याटिङमा आएकी कविता कुँवरले ४ रन मात्र जोड्न सकिन् । कप्तान रुबिना क्षेत्री २ रनमा आउट भइन्। 

ओपनर इन्दू बर्माले १५ रनको योगदान दिइन् भने सरिता मगर र काजल श्रेष्ठ ८–८ रनमा आउट भए । 

बलिङमा चार ओभरमा ५ रन मात्र खर्चेर युएईकी समिराले ४ विकेट लिइन् । खुसी शर्मा र चामनी सेनेभिरत्नाले २–२ विकेट लिए।

त्यसअघि टस हार पहिले ब्याटिङ गरेको युएईले ५ विकेटको क्षतिमा १२७ रन जोड्यो।  युएईका लागि चामनी सेनेभिरत्नाले ३६ बलमा ५२ रन जोडिन् । 

यस्तै तीर्था सतिशले ४६ बलमा ४७ रन जोडिन् । उनले ४६ बलमा ३ चौका हिर्काइन् । यस्तै काभिशाले २२ रन बनाइन् ।

बलिङमा नेपालकी कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता रानामगर र संगिता राईको नाममा १–१ विकेट रह्यो ।