३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ गाडीमा बह्मलुट : एउटै गाडीको फरक–फरक मूल्य



अ+ अ-

काठमाडौं । प्रदेश ५ मा संसद् र मन्त्रालयले एउटै गाडी फरक–फरक मूल्यमा खरिद गरेको भेटिएपछि लेखा समितिले छानबिन थालेको छ । प्रदेश सभा र मन्त्रालयले खरिद गरेका १५ गाडी एउटै कम्पनी र मोडलका भए पनि खरिद मूल्य तीनथरी भेटिएपछि अनियमितताको शंका गरिएको हो ।

प्रदेश संसद्को सार्वजनिक लेखा समितिले छानबिनका लागि प्रदेश सभाले खरिद गरेका ११ र मन्त्रालयले खरिद गरेका ४ गाडीको फाइल मगाएको छ । केही मन्त्रालयले बिहीबारसम्म फाइल बुझाइसकेका छन् । अन्य फाइल आज (शुक्रबार) आइपुग्ने र दिउँसो बस्ने समिति बैठकमा पेस गरिने समिति सभापति डिल्ली चौधरीले बताए । समितिले उपसमिति बनाएर पनि अध्ययन गर्ने सक्ने उनको भनाइ छ ।

प्रदेश सभाले ७१ लाख ९५ हजारमा खरिद गरेको टाटाको स्ट्रोम गाडी कृषि तथा सहकारी मन्त्रालयले ७२ लाख ९९ हजारमा किनेको थियो । सोही गाडी उद्योग मन्त्रालयले ७२ लाख ४२ हजारमा खरिद गरेको हिसाब देखाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।