१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगो ताप्ने क्रममा ब्याट्री पड्किंदा एक बालकको मृत्यु, बालिका घाइते



अ+ अ-

विराटनगर । चिसो छल्न बालिएको आगोमा मोवाइल खस्दा मोवाइलको ब्याट्री पड्किएर एक बालकको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१५ रामजानकी चोकमा शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट भएको हो । उक्त बिस्फोटमा परेर स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको छ । सोहि बिस्फोटमा ६ वर्षीया राधिकाकुमारी मण्डल गम्भीर भने घाइते भएकी छिन् ।

आगो बाली खेल्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।