१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्वपीडितका परिवार प्रहरी नियन्त्रणमा, गृहमन्त्री थापाको राजीनामा माग



अ+ अ-

काठमाडौं । आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन धर्ना बसेका द्धन्द्धपीडितहरुलाई पक्राउ गरिएको छ ।

६ दिन यता काठमाडौंको माईतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा धर्नामा बस्दै आएका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान धर्ना स्थलबाट र्यालीसहित निषेधित क्षेत्र सिंहदरबारको मूलगेटतर्फ जब्बरजस्ती अगाडि बढन खोजेपछि द्वन्द्धपीडित सुरक्षाकर्मीका परिवारलाई नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ ।

र्यालीलाई रोक्ने क्रममा प्रर्दशनकारी आक्रोशमा आएपछि प्रहरीले एक दर्जन बढिलाई नियन्त्रणमा लिएको हो । यसैबीच, न्याय माग्न आएका आफूहरुलाई न्याय दिनुको सट्टा सरकारले प्रहरी लगाएर हटाउने प्रयास गरेको भन्दै प्रर्दशनकारीहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी दिँदै आएका छन् । गत बुधबारदेखि अनिश्चितकालीन धर्ना दिँदै आएका उनीहरुले आफूहरुको माग सम्बोधन गर्न गम्भिर नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका थिए ।