८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्वपीडितका परिवार प्रहरी नियन्त्रणमा, गृहमन्त्री थापाको राजीनामा माग



अ+ अ-

काठमाडौं । आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन धर्ना बसेका द्धन्द्धपीडितहरुलाई पक्राउ गरिएको छ ।

६ दिन यता काठमाडौंको माईतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा धर्नामा बस्दै आएका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान धर्ना स्थलबाट र्यालीसहित निषेधित क्षेत्र सिंहदरबारको मूलगेटतर्फ जब्बरजस्ती अगाडि बढन खोजेपछि द्वन्द्धपीडित सुरक्षाकर्मीका परिवारलाई नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ ।

र्यालीलाई रोक्ने क्रममा प्रर्दशनकारी आक्रोशमा आएपछि प्रहरीले एक दर्जन बढिलाई नियन्त्रणमा लिएको हो । यसैबीच, न्याय माग्न आएका आफूहरुलाई न्याय दिनुको सट्टा सरकारले प्रहरी लगाएर हटाउने प्रयास गरेको भन्दै प्रर्दशनकारीहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी दिँदै आएका छन् । गत बुधबारदेखि अनिश्चितकालीन धर्ना दिँदै आएका उनीहरुले आफूहरुको माग सम्बोधन गर्न गम्भिर नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका थिए ।