१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भारतसँग किन्न लागेको रेल कस्तो ? पढ्नुस्



अ+ अ-

काठमाडौँ । नेपालले भारतसँग ७ डिब्बासहितको रेल खरिद गर्न लागेको छ । नेपालले उक्त रेल भारतको जयनगरदेखि जनकपुरसम्म (३५ कि.मी) सञ्चालन गर्न लागेको हो ।

डिजेलबाट चल्ने उक्त रेल ल्याउनका लागि नेपालले आगामी १५ भित्रमा भारतसँग खरिद सम्झौता गर्ने योजना बनाएको रेल बे बिभागले जनाएको छ ।

रेल चल्दै गर्दा उक्त रेलबाट नै विजुली उत्पादन हुनेछ । रेलमा एकै पटकमा १३ सय जना यात्रु सवार हुन सक्ने छन् ।

७ डिब्बामध्ये दुई वटा डिब्बा इन्जिन जडित हुनेछ भने ५ डिब्बामा यात्रुको सेवामा राखिनेछ ।

अब खरिद प्रकियामा कुनै बिवाद नआए अबको १५ दिनभित्र रेल खरिद सम्झौता हुने गरी रेलको मूल्यका बारेमा छलफल चलाउने बिभागले जनाएको छ । यसकारण अबको १ महिनाभित्र जयनगर–जनकपुरमा नेपालको आफ्नै रेल सञ्चालन हुनेछ ।

आफ्नै स्वामित्वको भएकाले त्यो रेलमा नेपालको झण्डा हुनेछ। नेपाली रेल भएपनि सञ्चालन भने प्राविधिक टोललीको सहयोगमा हुनेछ।

रेलका ड्राइभरदेखि मर्मत गर्ने मिस्त्री तथा इन्जिनियर पनि भारतका नै हुनेछन्। उनीहरुलाई आवस्यक तलब–सुविधा नेपाल सरकारले नै दिनेछ।