७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टर र नर्सको अपरेशन थिएटरमै रामलिला, भाइरल भिडियोले मच्चायो तहल्का (भिडियो सहित )



अ+ अ-

काठमाडौं। भारतको मध्यप्रदेशमा एक डाक्टरले सहकर्मी नर्सलाई किस गरिरहेको भिडियो भाइरल भएपछि डाक्टरलाई पदबाट बर्खास्त गरिएको छ । मध्यप्रदेश राज्यको उज्जैन जिल्लाको एक अस्पतालका ती डाक्टर सिभिल सर्जन भएको बताइएको छ । उनले अपरेशन थिएटरमा नर्सलाई किस गरिरहेका थिए । उनले नर्सलाई किस गरिरहेको भिडियो कसैले खिचेर भाइरल गरिदिएको थियो । भिडियो बाहिरिएपछि उनलाई पदबाट बर्खास्त गरिएको हो ।

ती सिभिल सर्जन र नर्सको चुम्बन गरिरहेको भिडियो सोसल मिडियामा भाइरल भएपछि उनीहरुलाई पदबाट हटाइनुपर्ने माग अत्यधिक बढेको भारतीय मिडिया आज तकले लेखेको छ । यसमा तत्काल कारवाही गर्दै उज्जेन जिल्लाका कलेक्टरले डाक्टरलाई पदबाट बर्खास्त गरेका छन् । ‘मैले उनलाई जिल्ला अस्पतालको सिभिल सर्जनको पदबाट हटाएको छु,’ कलेक्टर शशांश मिश्राले जानकारी दिए । ती सिभिल सर्जनको सट्टामा डा। पिएन वर्मालाई नियुक्त गरिएको उनले जानकारी दिए ।

अपरेशन थिएटरमा चुम्बन गरेको घटना सार्वजनिक भएपछि जिल्लाका मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा। मोहन मालवीयले घटनालाई निकै गम्भीरतापूर्वक लिएको र यसको अनुसन्धानको आदेश दिइएको जानकारी दिए । जिल्ला स्वास्थ्य अधिकारी डा। मोहन मालवीयले भिडियोमा देखिएकी महिला अस्पतालकी नर्स भएको र उक्त चुम्बन अपरेशन थिएटरभित्र गरिएको उनले बताए । महिलासँग सोधपुछ भइरहेको बताइएको छ । भिडियो हेर्नुहोस्…………………

https://youtu.be/5spZ7BR1FKA