१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिव कुटपिट घटनाको यथार्थ सार्वजनिक गर्न कांग्रेसको माग



अ+ अ-

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सचिवलाई कुटपिट गर्नु गैरकानूनी कार्य भएको बताएका छन् ।

पूर्वमन्त्री जोशीले यस्ता गलत कार्यले लोकतन्त्र र सङ्घीयताको भविष्यमाथि नै प्रश्नचिह्न लगाउने बताउँदै पूर्वमन्त्री जोशीले संविधानले दिएको स्वाभिमानको निश्चितता र सुरक्षाको जिम्मेवारी बहन सबैले गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस धनुषा जिल्ला सभापति महेशशङ्कर गिरीले प्रदेशका मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको आफ्नो पार्टीले भत्र्सना गर्ने बताउँदै त्यस्ता मन्त्रीलाई तुरुन्त बर्खास्त गरिनुपर्ने माग गरेका छन् ।