२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनरत डा. केसीको उपचारका लागि मोबाइल भेन्टिलेटर सहित चिकित्सक टोली इलाम प्रस्थान



अ+ अ-

काठमाडौं । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनको उपचारको निम्ति चिकित्सकको टोली इलाम तर्फ प्रस्थान गरेका छन् ।


उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सातजना चिकित्सकको टोली इलाम प्रस्थान गरेको हो ।

धरानबाट खटिने टोलिमा प्रतिष्ठानका सहायक निर्देशक डा. विकास शाह, कार्डियोलोजिष्ट विभागका डा.प्रशान्त शाह ,मेडिसिन इमर्जेन्सीका डा. अजय यादव ,एनएस थेसिस आईसीयूका डा. सविन भण्डारी, ल्याब टेक्निसियन दीपेन्द्र यादव र नर्स सहितको विशेषज्ञ टोली रहेका छन् ।

गत पुस २५ गतेदेखि इलाममा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको र आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

तर इलाममा आईसीयू सुविधा नरहेको समाचार आएपछि स्वास्थ्य मन्त्रालय मोवाईल भेन्टिलेटर सहितको चिकित्सकको टोली इलाम खटाएको हो ।