२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ संसदको हिउँदे अधिवेशन माघ २० गतेदेखि



अ+ अ-

विराटनगर । प्रदेश १ सरकारले हिउँदे अधिवेशन यहि माघ २० गते आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले अधिवेशनमा स्थायी राजधानी र राजधानीको नाम तोक्न उक्त अधिवेशनमै तोक्ने निर्णय गरेको हो ।

प्रदेश १ को सभाले बर्खे अधिवेशन गत असोज तेस्रो साता अन्त्य गरिएको थियो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन विकास सम्बन्धी विधेयकलाई संसदमा पेस गर्न पनि अनुमति दिएको छ ।

त्यस्तै कोशी रिफ्रेसमेन्ट परियोजनाको बजेट र सामाजिक विकास मन्त्रालयको योजना तथा सञ्चालन कार्यविधि २०७५ लाई मन्त्रिपरिषद्ले स्वीकृति गरेको छ ।