२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० वर्षदेखि फरार अभियुक्त पक्राउ



अ+ अ-

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई हिजो प्रहरीले पक्राउ गरेको छ ।

हत्याको अभियोगमा फरार रहँदै आएका पर्सा छिपहरमाई गाउँपालिका–२ का ८८ वर्षीय मिश्री साह कानुलाई पक्राउ गरेको हो ।

विसं २०५५ साउन २४ गते भएको हत्यामा कानु संलग्न भएको भन्दै जिल्ला अदालत पर्साले उनलाई पक्राउ आदेश जारी गरेपछि उनी फरार रहँदै आएका थिए ।

हत्याका अभियोगी कानु घरमै लुकी बसेको सूचनाका आधारमा कारवाही गर्दा उनलाई घर नजिकैबाट पक्राउ गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

पक्राउ परेका कानुलाई आजै पर्सा जिल्ला अदालतमा उपस्थित गराई आवश्यक अनुसन्धानका लागि म्याद बुझेको प्रहरीले जनाएको छ । समाचार राजधानी दैनिकमा छ ।