१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न नेपाल सरकारको तयारी कस्तो छ ? (भिडियो)

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न नेपाल सरकारको तयारी कस्तो छ ? (भिडियो)
अ अ+ अ-

काठमाडौं । अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । 

गृह मन्त्तालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताउनु भएको हो । उहाँले नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको बताउनु भयो । प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताउनु भयो । उहाँले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताउनु भयो ।

प्रवक्ता पोखरेलले भन्नुभयो, ‘अब अहिले बास्तवमा हामी कोभिड–१९ संक्रमणको नै क्रममा छौँ । हामी कम्प्लिट्ली रिकोभर भइसकेको होइन । विभिन्न किसिमको भाइरसहरुको संक्रमण छ भन्ने कुरा पहिलेदेखि नै पनि थियो र अहिले हालसालै ओमिक्रोन भन्ने भाइरसको संक्रमण अफ्रिकी मुलुकबाट आएको छ भन्ने कुरा सुनिएको छ । त्यसपछि हामीले यसलाई शतर्कता अपनाउनको लागि अब हामीले के गर्ने रु भन्ने सन्दर्भमा अफ्रिकी मुलुक भनेको छ, यो देश, त्यो देश भनेको छैन । त्यसको प्रमाणिकता पनि हामीले पाइसकेको छैन । तै पनि शतर्कता अपनाउनु पर्छ संक्रमणको चरणमा छौँ भनेर हामीले अफ्रिकी देशहरुबाट आउने नागरिकहरुलाई यहाँ जुन अन अराइभल भिसा दिने सिस्टम थियो, त्यसलाई बन्द गरौँ भनेर हामीले अध्यागमन कार्यालय र २२÷२३ वटा कति एयरलाइन्स छन् ती सबैलाई निर्देशन दिइसकेको अवस्था पनि छ । उसले ल्याउँदा पनि ल्याउँदैन र यहाँ आउनु भयो भने इन्ट्री फ्रिज ९प्रवेश नदिने० गर्छौं भनेर भनेको छ । यो भाइरस भनेको भोलि प्रमाणिकता होला, हामीमै पनि यहीँ डेभलप भएको हुनसक्छ । त्यसको बारेमा जे होला हामीले त्यही निर्णय गर्नुपर्छ । यस बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको अवस्था छ । त्यहाँ पनि हाम्रो तर्फबाट प्रतिनिधि जानुहुन्छ । जे कुरा आउँछ, त्यही अनुसार हामी टेक्निल सल्लाह बमोजिम कार्यान्वयन पक्षमा कडा रुपमा जान्छौँ । यो हामीले यहाँ मात्रै होइन, बोर्डर एरियामा पनि निर्देशन जारी गरिसकेको अवस्था छ । त्यहाँ पनि हेर्नुहोला । त्यो किसिमको मानिस आए, संक्रमण देखिए नजिकको स्वास्थ्य संस्थामा पु¥याउनु होला भनेका छौँ ।’

प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताउनु भयो । उहाँले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुयाउन निर्देशन दिएको बताउनु भयो । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप चुनौती बढेको भन्दै शतर्कता अपनाउन चेतावनी दिएको छ ।