१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगमा आज दुई खेल हुँदै



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (सोमबार) दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।

ब्रिगेड लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।  

पहिलो जितको खोजीमा रहेको एनआरटी यसअघि साविक विजेता मछिन्द्रसँग २–१ गोल अन्तरले पराजित भएको थियो । 

यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सो खेल ४ः४५ बजे सुरु हुनेछ ।

लगातार दोस्रो जितको खोजीमा रहेको मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले हराएको थियो ।

आर्मीले पहिलो खेलमा विभागीय डर्बीमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।