१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले अन्तरीक्षमा रोबोट पठाउने, २०२१ मा मानिस पठाउने तयारी



अ+ अ-

भारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ ।

विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने निर्णय गरेको हो ।

सन् २०२१ मा अन्तरीक्षमा मानिस पठाउने योजनामा रहेको भारतले त्यसअघिको परीक्षण प्रक्रियाका लागि यन्त्र मानव अर्थात् रोबोटको सहारा लिनेछ ।

इशरो प्रमुख के शिवनले अन्तरीक्षमा हुने जटिल प्रकारका परीक्षण प्रक्रियामा कमजोर जनावरहरुलको साहरा लिने र दुःख दिने आफूहरुको उद्देश्य नभएको बताएका छन् ।

गगनयान मिसनका रुपमा अन्तरीक्षमा भारतीय अन्तरीक्षयात्रीलाई पठाउने योजनामा भारत निकै नजिक रहेको उनको भनाइ छ ।

स्मरणरहोस् अमेरिका, रुस तथा चीन जस्ता देशहरुले अन्तरीक्षमा मानिस पठाउनु अघि परीक्षणको लागि जनावर पठाएका थिए ।

जनावर किन नपठाउने र?

बीबीसीसँगको कुराकानीमा इसरो प्रमुखले अन्तरीक्षमा जनावर नपठाउने निर्णय सही रहेको बताएका छन् । अमेरिका र रुसले परीक्षणका लागि भन्दै अन्तरीक्षमा जनावर पठाउने समयमा अहिलेको जस्तो अत्याधुनिक प्रविधि अस्तित्वमा थिएन । मानव रोबोट पनि बनिसकेको थिएन । त्यसैले ती देशहरुले जनावरको ज्यान जोखिममा पारेर अन्तरीक्षमा पठाए । तर अहिले यस्तो परीक्षणका लागि अत्याधुनिक प्रविधिहरु रहेको हुँदा जनावरको साटो प्रविधिको सहारा लिन लागेको उनको भनाइ छ ।

अन्तरीक्षमा मानिस पठाउनुअघि इसरोले विभिन्न दुईवटा परीक्षणका लागि रोबोठलाई अन्तरीक्षमा पठाउनेछ ।

तर विज्ञहरुले भने रोबोटबाटै परीक्षण गरेर आउने नतिजामा भर पर्नु खतरनाक हुनसक्ने बताउँछन् । किनकि कुनै पनि जीवित वस्तु र रोबोटको बीचमा भिन्नता हुन्छ । कुनै पनि जीवित वस्तु नपठाएको यानको उडानमा पहिलोपल्ट सीधै मानिसलाई पठाउनु जोखिमपूर्ण हुने बताइन्छ ।

इसरोले भने गगनयान अन्तरीक्ष योजना निकै तीव्र गतिमा अघि बढिरहेको र यो वर्षको अन्तसम्ममा अन्तरीक्षमा जाने यात्रीको खोजी पनि पूरा हुने जनाएको छ ।

भारतको यो महत्वाकांक्षी अन्तरीक्ष योजनाको लागत १ खर्ब भारु रहेको छ । गत वर्ष भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका थिए ।

सन् २०२० मा अन्तरीक्षमा पहिलो रोबोट पठाउने र सन् २०२१ को जुलाईसम्ममा दोश्रो परीक्षणका लागि रोबोट पठाउने योजना रहेको छ । अन्ततः सम्पूर्ण परीक्षण पूरा गरी डिसेम्बर २०२१ मा भारतले अन्तरीक्षमा मानिस पठाउनेछ । यदि यो मिसन सफल भएमा भारत अन्तरीक्षमा मानिस पठाउने चौथो देश हुनेछ ।

विश्वमा पहिलोपटक तत्कालीन सोभियन संघले अन्तरीक्षमा मानव पठाएको थियो । त्यसपछि अमेरिकाले र सन् २००३ मा चीनले अन्तरीक्षमा मानिस पठाइको थियो ।

जबकि, बेलायत, फ्रान्स तथा जापानजस्ता देशले अहिलेसम्म अन्तरीक्षमा मानिस पठाउने काममा सफलता पाउन सकेका छैनन् ।

बीबीसी




भर्खरै