१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या गरिएका मेयरको भावपूर्ण विदाई, सरकारले शोक बिदा दिने



अ+ अ-

जिडान्स्क । पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।

बाल्टिक बन्दरगाहमा पर्ने जिडान्स्कका उदारवादी मेयर पावेलको सोमबार हत्या भएको थियो । त्रिपन्न वर्षीय अडामोविक्ज झण्डै २० वर्षदेखि त्यस सहरको मेयर थिए ।

परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरूको अगाडि धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय एक बासिन्दा राफेल जन्कोवस्कीले भने, “उनलाई विदा गर्नुपर्दा हामीलाई आफ्नै परिवारको सदस्यलाई सदाका लागि बिदा गरेजस्तै भएको छ,” ।

उनको अन्त्येष्टि कार्यक्रममा राष्ट्रपति अन्डर्जेज डुडा, युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्क, पोल्यान्डका पूर्व राष्ट्रपति लेक वालेसा लगायत ३५ भन्दा बढी वरिष्ट व्यक्तिहरु सहभागी थिए ।

विश्वकै ठूलो मानिने सेन्ट म्यारीको बासिलिका चर्चमा उहाँको अन्त्येष्टि गरिएको हो । उनको निधनको शोकमा सरकारले एक दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।




भर्खरै