६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या गरिएका मेयरको भावपूर्ण विदाई, सरकारले शोक बिदा दिने



अ+ अ-

जिडान्स्क । पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।

बाल्टिक बन्दरगाहमा पर्ने जिडान्स्कका उदारवादी मेयर पावेलको सोमबार हत्या भएको थियो । त्रिपन्न वर्षीय अडामोविक्ज झण्डै २० वर्षदेखि त्यस सहरको मेयर थिए ।

परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरूको अगाडि धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय एक बासिन्दा राफेल जन्कोवस्कीले भने, “उनलाई विदा गर्नुपर्दा हामीलाई आफ्नै परिवारको सदस्यलाई सदाका लागि बिदा गरेजस्तै भएको छ,” ।

उनको अन्त्येष्टि कार्यक्रममा राष्ट्रपति अन्डर्जेज डुडा, युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्क, पोल्यान्डका पूर्व राष्ट्रपति लेक वालेसा लगायत ३५ भन्दा बढी वरिष्ट व्यक्तिहरु सहभागी थिए ।

विश्वकै ठूलो मानिने सेन्ट म्यारीको बासिलिका चर्चमा उहाँको अन्त्येष्टि गरिएको हो । उनको निधनको शोकमा सरकारले एक दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।