२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला क्रिकेट टीम स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । एसीसी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा थाइल्याण्डसँग पराजित भई उपविजेता बन्नेको नेपाली महिला क्रिकेट टीम आइतबार स्वदेश फर्किएको छ ।

आइतबार फर्केका टोलिको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

स्वदेश फर्किएपछि महिला टिमका प्रशिक्षक विनोद दासले नतिजा सन्तोषजनक नै भएको बताए । उनले आफ्नो लक्ष्य उपाधि जित्ने राखे पनि थाइल्याण्ड नेपाल भन्दा हरेक पक्षमा बलियो भएकाले उक्त लक्ष्य पूरा नभएको बताए । उनले प्रयाण्त प्रशिक्षण नहुदा सोचे अनकुल खेल्न नसकेको बताएका छन् । पूर्बधारको अभावमा यतिको स्थानसम्म पुग्नु भनेको सकारात्मक रहेको दासले बताए ।

दासले भने, ‘हामीले नतिजा राम्रै ल्यायौं, हाम्रो लक्ष्य भनेको उपाधि थियो तर सकेनौं । हामी भन्दा थाइल्याण्ड हरेक पक्षमा बलियो छ’ ।

अहिलेको प्रतियोगिता एक महिनापछि थाइल्याण्डमा हुने महिला विश्वकप छनोट खेल तयारीको राम्रो मौका भएको प्रशिक्षक दासको भनाइ छ । उनका अनुसार अब केहि दिन क्याम्पमा रहेर हरेक पक्षलाई सरधार गरेर जाने योजना बनाएको बताएका छन् ।

उनका अनुसार ‘विश्वकप छनोट करिब एक महिनापछि हुने भएको कारणले १५/२० दिनको क्याम्पमा आफ्नो टिममा भएको कमजोरी सुधार्न सकिने बताएका छन् ।