२२ भाद्र २०८३, सोमबार
,
Latest
ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित



अ+ अ-

सौराहा । नेकपा (एमाले)को दशौं महाधिवेशनबाट निर्वाचित हुनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशित भएको छ । 

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको हो ।

योसँगै केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको विरोधमा उजुरीका लागि छुट्याएको समयभित्र उजुरी दिन सकिने जनाएको छ । कुनै उमेदवारविरुद्ध उजुरी परेमा त्यसको छानबिन र निर्णय गर्ने र त्यसपछि उम्मेदवारको नामावली पुनः प्रकाशन गरिनेछ । 

निर्वाचन समितिका अनुसार यदि कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा नाम फिर्ता गर्न पाउने र दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १७५ रहेको छ । निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन आचारसंहितामा पालना गर्न अनुरोध गरेको छ । 

सर्वसम्मत हुन नसकेपछि अध्यक्ष सहित केही पदमा निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा गरेका थिए ।  त्यस्तै सचिवमा पनि चुनाव हुने भएको छ ।   

ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाएका थिए । तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ ।