२२ भाद्र २०८३, सोमबार
,
Latest
ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको प्रदेश अधिवेशनको कार्यतालिका हेरफेर



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको कार्यतालिका हेरफेर गर्दै दुई दिन पछि सर्ने भएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच बनेको सहमतिमा प्रदेश अधिवेशन २ दिन पछि सारिने भएको हो ।

महाधिवेशन कार्यतालिका अनुसार मंसिर १६ र १७ मा हुने तय भएका प्रदेश अधिवेशनहरू अब १८ र १९ मा हुनेछन् । कांग्रेसमा हालसम्म ५२ जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । बाँकी रहेका २५ जिल्लाको अधिवेशन सक्न थप समय लाग्ने भएकोले प्रदेश अधिवेशन २ दिन सारिएको बुझिएको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।