२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीता दाहाल बिरामी, अवस्था सामान्य रहेकाे अस्पतालकाे भनाइ



अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना हुनुभएको छ ।

अाइतबार बिहान अस्पताल भर्ना हुनुभएकी उहाँको उपचारमा डा.युवराज शर्माको टोली खटिएको अस्पतालले जनाएको छ ।

उहाँलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको अस्पताल निर्देशक दिलीप डङ्गोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूरै ठीक हुन केही दिन लाग्ने हुँदा यहीँ राखेर उपचार हुनेछ ।”

छाेरा र छाेरी वियाेगमा पर्नुभएकी सीता केही समयदेखि निक्कै अश्वस्थ हुनुहुन्छ । उहाँलाइ यसअघि सिंगापुरमा लगेर उपचार गरिएकाे थियाे, तर पूरै ठीक भएकाे छैन ।