२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजन फागुन ३ भित्र



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै कर्मचारी समायोजन सक्नेगरी गृहकार्य थालेको छ। कान्तिपुर दैनिकमा समाचार छ खबर छ ।
समायोजन फाराम भरेका कमृचारीको विवरण जाँच सुरु गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले जानकारी दिए। संघ,प्रदेश र स्थानीय तहमा लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन्, जसमा सरकारी सेवाका ७५ हजार तीनसय ६७ र अन्य सेवाका एक हजार ६ सय ६७ जना छन्।
फाराम भरेका सबै कर्मचारीको विवरण जाँच सकिएलगत्तै समायोजनपत्र दिन सुरु गरिने अधिकारीले बताए। ‘भरिएका फाराम र निजामती किताबखानाको विवरण भिडाएर जाँच गर्ने काम सुरु भएको छ’, उनले भने, ‘एक सातामा सबै विवरण जाँच सकिनेछ ।