१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबारदेखि सर्वोच्चमा गोला प्रक्रियाबाट पेसी तोकिने



अ+ अ-

काठमाडौं । बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी तोकिने भएको छ । सर्वोच्चको गत मंसिर ९ गतेको फुलकोर्ट बैठकको निर्णय अनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै मंसिर १५ गते देखि गोलाप्रथा प्रणाली लागू हुने निश्चित भएको हो ।

बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरू गोलाप्रथा लागू भएपछि इजलास फर्कन सहमत भएपछि फुलकोर्टले गोलाप्रथाबाट इजलास तोक्ने निर्णय गरेको थियो ।