१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावललाई मत नहाल्न भन्दै सूची वितरण, सूची वितरण स्वाभाविक: शंकर पोखरेल



अ+ अ-

चितवन । नेकपा एमालेको महाधिवेशन अन्तरगत नेतृत्व चयनका मतदान प्रक्रिया जारी रहँदा संस्थापन पक्षबाट मत हाल्नु पर्ने र नपर्ने सूची बाँडिएको छ ।

एमालेले बनाएको निर्वाचन आचारसंहितामा समूह बनाएर उम्मेदवारी दिने र लिष्ट वितरण गर्न नपाइने उल्लेख छ । तर बन्दसत्रका समयमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएको नाममा असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएकाहरुलाई मत नहाल्न भनिएको छ ।

महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको सूचीमा अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टंक कार्की र भीम आचार्यलाई भोट नहाल्न भनिएको छ । सदस्यमा उम्मेदवारी दिएका  प्रदेश १ का भाष्कर काफ्ले,  नीरा खनाल, सुदूरपश्चिम प्रदेशका पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्ने चिन्ह लगाउँदै वितरण गरिएको छ ।

सनिबार बदसत्रमा अध्यक्षका प्रत्यासी भीम रावलले आफ्नो अबधारणा  पत्र बितरण गर्दा भने निर्बाचन आचार सहिंता बिपरित भएको भन्दै रोक लगाईएको थियो ।

सूचि बितरणका बारेमा टिप्पणी गर्दे नबनिर्बाचित महासचिब शंकर पोखरेलले सञ्चारकर्मीसंग  बन्दसत्रको हलमा प्रस्तुत भएको नाम बितरण गर्नु कुनै नौलो कुरा नभएको बताउनु भयो । उहाँले भन्नुभयो "पार्टीको औपचारिक प्रस्ताब हो त्यसैको प्रचार हो ,घोषित प्रस्तावको प्रक्रिया माथीको चुनौतिका रुपमा लोकतान्त्रीक बिधिको प्रयोग भै रहेको छ । "