१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने काम भयो: भीम रावल



अ+ अ-

 काठमाडौं । नेकपा एमालेको १० औ महाधिबेशनमा अध्यक्ष पदका प्रत्यासी भीम रावलले  आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने काम भएको भन्दै निर्बाचन आयोगको ध्यानकर्षण गराउनु भएको छ । रावलले यस्तो कार्यले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने उल्लेख गर्नुभएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ –
 
चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।