२२ भाद्र २०८३, सोमबार
,
Latest
ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्विटरका सिइओमाथि रङ्गभेदको आरोप



अ+ अ-

काठमाडौँ । माइक्रोब्लगिङ साइट ट्विटरका सिइओ ज्याक डोर्सीले राजीनामा दिएपछि उनको स्थानमा भारतीय मूलका पराग अग्रवाललाई जिम्मेबारी दिइएको छ । जिम्मेबारी सम्हालेको पहिलो दिन नै आफ्नो एक दशक पुरानो ट्विटका कारण पराग दक्षिणपन्थीहरुको निशानामा परेका छन् । अमेरिकामा दक्षिणपन्थी विचारधाराका मानिसहरुले उनको त्यो ट्विटलाई खोजेर निकालेका छन् । उनीहरुका अनुसार परागको सो ट्विटबाट नस्लभेदको गन्ध आउँछ । 

सो ट्विट सन् २०१० अक्टोबर २६ को हो जतिबेला परागले ट्विटरमा जागिर नै सुरु गरेका थिएनन् । सो ट्विटमा उनले भनेका छन्, ‘यदि म मुस्लिमहरु र चरमपन्थीहरुमा फरक गर्न सक्दिन भने मलाई गोरा मानिस र नस्लवादीहरुबीच भेद गर्न किन जरुरी छ र ?’ यद्यपि परागले कमेडियन आसिफ माण्डवीलाई उद्धृत गर्दै ट्विट गरेको थ्रेडमा स्पष्ट पारेका छन् । माण्डवीले डेली शोमा यसबारेमा केही भनेका थिए । 

ट्विटरमाथि आरोप

अमेरिकामा दक्षिणपन्थी विचारधाराका मानिसहरुले ट्विटरमाथि उनीहरुको आवाजलाई दबाइएको आरोप लगाइरहेका छन् । उनीहरुको भनाइमा पराग अग्रवाल पनि डोर्सीको सोही विरासतलाई अगाडि बढाउने व्यक्ति हुन् । पराग आएपछि सो मामिलामा ट्विटरको व्यवहार अझ कडा हुनसक्ने उनीहरुले आशङ्का गरेका छन् । ट्विटरले जतिबेला अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टलाई निलम्बन गरेको थियो त्यतिबेला ट्रम्पका फलोअरहरु अमेरिकी माइक्रोब्लगिङ तथा नेटवर्किङ सर्भिस पार्लरतिर मोडिएका थिए ।

परागले सिलिकन भ्यालीमा ११ वर्षभन्दा पनि कम समयमा धेरै सफलता हासिल गरेका छन् । यस अवधिमा उनले एउटा सफ्टवेयर इन्जिनियरबाट सिइओसम्मको यात्रा तय गरेका छन् । परागले एक ट्विटमा ज्याक डोर्सी र कम्पनीको सम्पूर्ण टिमलाई हृदयदेखि नै धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘म १० वर्षदेखि यो कम्पनीमा संलग्न छु जतिबेला कम्पनीमा एक हजारभन्दा पनि कम कर्मचारी थिए । यो एक दशक भइसकेको छ तर मलाई यो हिजो जस्तो मात्र लागेको छ ।’ उनले डोर्सीलाई सम्बोधन गर्दै ट्विट गरेका छन्, ‘मलाई तपाइँको जिम्मेबारी प्राप्त भएको छ, मैले उतारचढाव, चुनौतीहरु, बाधा, सफलता र गल्तीहरु देखिसकेको छु तर त्यतिबेला र अहिले सम्पूर्ण कुराभन्दा माथि म ट्विटरको अविश्वसनीय प्रभाव र निरन्तर प्रगतिलाई ध्यान दिनेछु, भविष्यमा हामीसँग धेरै नै राम्रा अवसर आउनेछन् ।’