१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाल जनगणनाः जनसङ्ख्या अनुमान गरिएकोभन्दा ‘कम हुनसक्ने’ कारण यस्ता छन्

नेपाल जनगणनाः जनसङ्ख्या अनुमान गरिएकोभन्दा ‘कम हुनसक्ने’ कारण यस्ता छन्
अ अ+ अ-

बीबीसी । नेपालको जनसङ्ख्या यसअघि अनुमान गरिएकोभन्दा 'कम हुनसक्ने' केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।

यही मंसिरमा सकिएको नयाँ जनगणनाअनुसार अहिलेको जनसङ्ख्या 'तीन करोड नपुग्न सक्ने' देखिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बीबीसीलाई बताउनु भएको छ।

'दुई करोड ९० लाखदेखि तीन करोडको बीचमा हाम्रो जनसङ्ख्या हुने अनुमान छ,' उहाँले भन्नुभयो। सङ्कलन गरिएका घर तथा घरपरिवार सूचीकरण फारमका आधारमा त्यस्तो अनुमान गरिएको निर्देशक लामिछानेले बताउनुभयो।

उहाँका अनुसार यसअघि २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्कमा टेकेर १० वर्षमा अर्थात्‌ २०७८ सालसम्ममा नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको थियो। राष्ट्रिय जनगणना २०७८ को पूरै नतिजा आउन एक वर्ष लाग्ने विभागले जनाएको छ।

'जनगणनाको प्रारम्भिक नतिजा चाहिँ फागुनसम्ममा हामी सार्वजनिक गर्छौँ,' निर्देशक लामिछानेले भन्नुभयो। कार्तिक २५ गतेबाट आरम्भ भएको राष्ट्रिय जनगणना मंसिर ९ गते सकिएको थियो।

अनुमानभन्दा किन कम ?
प्रजनन दरमा कमी आउनु अनुमानभन्दा जनसङ्ख्या कम देखिनुको मुख्य कारकका रूपमा देखिएको विभागका अधिकारीहरूले बताउनुभयो।

सन् २०१९ मा गरिएको नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेले नेपालमा प्रजनन दर घटेर २ मा पुगेको देखाएको छ। यसअघि नेपालको प्रजनन दर २.३ थियो।

दुई भनेको 'रिप्लेस्मन्ट लेभल फर्टिलिटी' भन्दा पनि कम हो। रिप्लेस्मन्ट लेभल फर्टिलिटी २.१ हुन्छ। रिप्लेस्मन्ट लेभल फर्टिलिटी प्रतिमहिलाले बच्चा जन्माउने औसत दर हो।

सोही अध्ययनले बागमती प्रदेशमा रिप्लेस्मन्ट लेभल फर्टिलिटी १.४ रहेको देखाएको छ। 'हामीले यति घट्ने अनुमान २०६८ सालमा गरेका थिएनौँ। प्रजनन दर, आन्तरिक बसाइँसराइ दर यति घट्छ भन्ने थिएन,' निर्देशक लामिछानेले भन्नुभयो।

'प्रजनन दर, औसत आयु लगायतका सूचकमा सुधार भएपछि अहिलेको जनसङ्ख्या तीन करोड पुग्दैन कि भन्ने अनुमान गर्न सकिन्छ।'

प्रजनन दर किन घट्दो ?
ठूलो सङ्ख्यामा खासगरी नेपाली युवाहरू विदेशिने क्रम बढेसँगै प्रजनन दर पनि घटेको लामिछाने बताउँछन्।

'सहरीकरण बढेको छ, चेतनाको स्तर बढेको छ। धेरै सन्तान जन्माउँदा गुणस्तरीय शिक्षा, 'गुणस्तरीय' जीवन दिन नसकिएला भनेर कम जन्माएका हुन सक्छन्।'

जनसङ्ख्याविद्‌ प्राध्यापक डा. योगेन्द्र गुरुङ पनि युवाहरू वैदेशिक रोजगारीमा जानु नेपालमा प्रजनन दर घट्नुको एउटा प्रमुख कारण भएको बताउँनुहुन्छ।

'प्रजनन गर्न सक्ने उमेरका युवा दम्पतीहरू एकअर्कादेखि टाढा बस्ने समय धेरै भयो त्यो भएर पनि प्रजनन दर घटिरहेको हो,' बीबीसीसँग उहाँले भन्नुभयो ।

घट्नु चिन्ताको विषय हो ?
खासगरी रिप्लेस्मन्ट लेभल फर्टिलिटी १.४ देखिनुले सहरी क्षेत्रमा विशेष योजना ल्याउनुपर्छ कि भन्ने सङ्केत गरिसकेको विभागका निर्देशक ढुण्डीराज लामिछाने बताउँछन्।

'प्रजनन दर यसरी घट्ने क्रम जारी रह्यो भने सहर-बजारमा युवा जनशक्ति नपाउने अवस्था आउन सक्छ,' सम्भावित परिदृश्यबारे उहाँले भन्नुभयो।

चीन, सिङ्गापुरलगायत कतिपय देशले त्यस्तै अवस्था आएर बच्चा जन्माउनका लागि युवा दम्पतीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको उहाँले उल्लेख गर्नुभयो ।

तर प्राध्यापक गुरुङ प्रजनन दरलाई लिएर अहिले नै चिन्ता गर्नुपर्ने अवस्था आइनसकेको तर्क गर्छन्।

'कतिपय विकसित देशहरूमा जस्तो बच्चा नै पाउन दम्पतीहरू अनिच्छुक देखिएको अवस्था हामीकहाँ आइसकेको छैन। प्रजनन दर घट्ने क्रम एउटा बिन्दुमा पुगेर रोकिनेछ,' उहाँले थप्नुभयो ।

नेपालमा एकतिहाइजसो जनसङ्ख्या अझै पनि बालबालिकाको रहेको जनाउँदै प्राध्यापक गुरुङले प्रजनन गर्न सक्ने उमेरका मानिसको सङ्ख्या अझै उल्लेख्य रहेको बतानुभयो।