१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः अष्टलक्ष्मी सबैभन्दा बढी मतसहित उपाध्यक्षमा विजयी, घनश्याम भुसाल पराजित



अ+ अ-

चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना जारी छ । 

पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी नजिक पुगेकी छन् । उनले हालसम्म १९७६ मत पाएकी छन् ।

यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन् । घनश्याम भुसालले जम्मा ७२५ मत प्राप्त गरेका छन्।

मतगणना लगभग सकिएको र केही मत मात्र गन्न बाँकी रहेको स्रोतले जनायो ।

यो सँगै ६ जना उपाध्यक्ष निर्वाचित हुँदा केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित हुन पुगेका छन् ।