२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः अष्टलक्ष्मी सबैभन्दा बढी मतसहित उपाध्यक्षमा विजयी, घनश्याम भुसाल पराजित



अ+ अ-

चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना जारी छ । 

पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी नजिक पुगेकी छन् । उनले हालसम्म १९७६ मत पाएकी छन् ।

यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन् । घनश्याम भुसालले जम्मा ७२५ मत प्राप्त गरेका छन्।

मतगणना लगभग सकिएको र केही मत मात्र गन्न बाँकी रहेको स्रोतले जनायो ।

यो सँगै ६ जना उपाध्यक्ष निर्वाचित हुँदा केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित हुन पुगेका छन् ।