१० असार २०८३, बुधबार
,
Latest
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकताको महाधिवेशनको पक्षमा छुः अध्यक्ष जबरा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले आफू एकताको महाधिवेशनका पक्षमा रहेको र उम्मेदवारी नदिने निर्णय गर्नुभएको छ ।

राप्रपा पार्टी कार्यालय चाबहिलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू निर्वाचनभन्दा एकता महाधिवेशनको पक्षमा रहेको हुँदा सर्वसम्मतिको पक्षमा रहेको बताउनुभएको हो । “आजको सन्दर्भमा पार्टी एकता सर्वोपरि सत्य बनेको छ, नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना हो”, अध्यक्ष राणाले भन्नुभयो, “त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुत, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु ।”

महाधिवेशनको उर्जाबाट आफ्नो लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै उहाँले जिम्मेवारीलाई निष्कर्षमा पु¥याउनु सबैको जिम्मेवारी भएको बताउनुभयो । राप्रपाको महाधिवेशन यही मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुने तय भएको छ भने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।