१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

हिजो जस्तो रहेन ‘राउटे’

हिजो जस्तो रहेन ‘राउटे’
अ अ+ अ-

दुल्लु । उसबेला राउटे वस्तीमा छिर्न निकै मुश्किल पथ्र्यो । विसं २०५२ तिर दैलेखको तत्कालीन काशिकाँध गाविसको वडामान जङ्गलमा बसेका राउटे वस्ती हेर्न जाँदा स्थानीयवासी नमराज थापा निकै खुशी हुनुहुन्थ्यो ।

आठ वर्षको उमेर हुँदा आमासँगै राउटे वस्ती हेर्न पुगेको उहाँलाई राम्रै सम्झना छ । त्यतिखेर थापालाई राउटेले वस्तीमा छिर्न समेत दिइएन । त्यसबेलाको घटना सम्झँदै थापा भन्नुहुन्छ – “वस्तीको टाढाबाटै राउटे युवासँग मादल माग्यौं । ती युवाले मादल लिएर आए, बजाउन पनि शुरु गरे तर, समुदायका मुखियाले आफ्नै खाम्ची भाषामा गाली गर्दै मादलसमेत खोसेर लगे ।” त्यतिबेला राउटे अन्य समुदायसँग घुलमिल हुँदैनथे ।

नेपालका तीन प्रदेशभित्र फिरन्ते जीवन बिताउँदै आएको राउटेको बस्ती पस्न अब भने त्यति समस्या छैन । केही वर्ष अघिसम्म राउटेहरु पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता राख्थे । आफूलाई बोटको राजा र गैर्ह राउटेलाई कोटको राजा भन्न रुचाउने राउटेहरु अन्य समुदायसँग खासै घुलमिल हुन चाहँदैन ।

कर्णाली प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको सोच अहिले बदलिएको छ । बाहिरी समुदायसँग घुलमिल हुने मात्र होइन उनीहरु आधुनिक प्रविधि प्रयोग गरेर आफूलाई रुपान्तरणसमेत गर्न थालेका छन् ।

जङ्गली जनावरको शिकार र काठमा सामग्री बनाएर जीविका गर्ने यो समुदाय विस्तारै पशुपक्षी पालनमा समेत जुट्न थालेको छ । कुखुरा, बाख्रा र भेडा पालन उनीहरुको रोजाइमा परेको छ । अपरिचित व्यक्तिसँग बोल्नु हुँदैन भन्ने मान्यता राख्ने राउटेहरु हिजोआज बस्तीमा पुगेका जो कोहीलाई सामाजिक अगुवा, जनप्रतिनिधिदेखि मन्त्री र प्रधानमन्त्रीसम्मलाई फोन लगाइदिन आग्रह गर्छन् । फोनबाटै आफ्ना समस्याहरु निर्धक्क राख्छन् ।

सरकारले दिने सामाजिक सुरक्षा भत्ता समयमै नआए त्यसको सोधखोजसमेत गर्न थालेका छन् । बिरामी हुँदा औषधि उपचार गराउन थालेका छन् । राउटे युवक प्रकाश शाही भन्नुहुन्छ – “उतिबेला मुखियाले चप्पल समेत लगाउन दिँदैनथे ।”

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र प्रदान गर्यो । गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी परिचयपत्र प्रदान गरेको थियो । त्यतिबेला राउटेको जनसङ्ख्या १४९ थियो । पुसको अन्त्यतिर त्यही तथ्याङ्कको आधारमा १४५ जनालाई भत्ता बाँडियो ।

विसं २०४० मा पहिलो पटक गरिएको गणनामा राउटेको जनसङ्ख्या ३०० को हाराहारीमा थियो । विसं २०६५ मा गरिएको अर्को गणनाअनुसार राउटेको जनसङ्ख्या १६६ मा झरेको देखियो । सो गणना पत्रकार हरिहरसिंह राठौर र भक्तबहादुर शाहीको अगुवाइमा गरिएको थियो । पहिलो पटक समाजशास्त्री डोरबहादुर विष्टले २०४० सालमा गरेको गणनामा ३०० जना जति राउटे रहेका थिए ।
सरकारले राउटेहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि उनीहरूको जनसङ्ख्या क्रमशः घट्न थालेको हो ।

गुराँस गाउँपालिकाले राउटेको तथ्याङ्क सङ्कलन गरेर वितरण गरेको स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा–आमाको नाम र पति–पत्नीको नाम उल्लेख छ । राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्ता वितरणमा एकरूपता ल्याउन र नेपाली नागरिकका रूपमा स्थापित गर्न स्थायी परिचयपत्र वितरण गरेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । मान्छेको सङ्ख्या गणना गरेर विगतमा भत्ता वितरण गरिएपछि गुराँस गाउँपालिकाले परिचयपत्र वितरणसँगै उनीहरूको सङ्ख्या पनि गणना गरेको थियो । यस समुदायको व्यवहार परिवर्तनका लागि दैलेखको सोसेक नेपालमार्फत राउटे परियोजना सञ्चालनमा छ ।

अहिले राउटे समुदाय जहाँ जहाँ पुग्छ, परियोजनामार्फत नियुक्त कर्मचारी त्यहीँ–त्यहीँ पुग्ने गरेका छन् । दैलेखसहित सुर्खेत, सल्यान, दाङ, अछामको सेरोफेरोमै राउटेहरू आफ्नो वस्ती घुमन्ते रूपमा सार्ने गर्दछन् । अहिले राउटेहरू सुर्खेतको लेकबेसी नगरपालिका वडा नं १ भेरी नदी किनारमा छन् । उनीहरू जहाँ गए पनि गुराँस गाउँपालिकाले नै भत्ता वितरण गर्ने गरी कर्णाली प्रदेश सरकारले व्यवस्था गरेको छ ।

मदिराको लत
राउटे मद्यपान तथा धूमपानमा लठ्ठिन थालेको छ । सामाजिक सुरक्षा भत्ता हात पर्ने बित्तिकै राउटेहरु वस्ती नजीककै पसलमा पुग्छन् । बजारमा पाइने सुर्तीजन्य पदार्थदेखि मदिरामा बिहानैदेखि उनीहरु भुल्न थालेको देखिँदै छ । जीवनयापन सहज होस् भनेर दिइएको भत्ताले मदिरादेखि अन्य कुरा किनेरै खाने आदत उनीहरुमा बसिसकेको छ । सरकारी तथा गैरसरकारी निकायहरुले राउटेलाई मदिरा खान सिकाए भन्ने आरोप एकातिर छ भने अर्कोतिर राउटे समुदाय बसेको वस्ती नजीक व्यापारीहरु कमाइ गर्न पल्किन थालेका छन् ।

राउटे वस्ती नजीक स्थानीय नागरिकदेखि व्यापारीहरु मदिरा बेच्न आउने गरेको पाइएको छ । त्यति मात्र नभई वस्तीमा पुग्ने स्थानीय नागरिकले तस्वीर (सेल्फी) खिच्नकै लागि सुर्तीजन्य पदार्थ खुवाउने गरेका छन् जसका कारण राउटेका स–साना नानीदेखि वृद्धवृद्धासम्म यसको कुलतमा फस्न थालेका छन् । सुर्ती र मद्यपानले पनि उनीहरूको सङ्ख्यालाई घटाउँदै लगेको छ ।

फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदाय र उनीहरुले बोल्ने भाषासमेत विस्तारै लोप हुँदै जाने खतरा बढेको छ । नेपालको लोपोन्मुख जातिमा सूचीकृत राउटेको संस्कृति, रहन–सहन र रीतिरिवाज पनि सँगसँगै विलुप्त हुने स्थिति देखा पर्दैछ । पछिल्लो समय राउटे सामाजिक रुपमा रुपान्तरित भएर आएको देखिए पनि त्यसले अन्ततः उनीहरुको अस्तित्व मेटाइदिन सक्ने त्रास पनि पैदा गरिदिएको छ ।