२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले पाकिस्तान सुपर लिगमा तीन खेल गुमाउने



अ+ अ-

काठमाडौँ । आगामी फागुन २ गतेदेखि सुरू हुने चौथो संस्करणको पाकिस्तान सुपर लिगको उद्घाटन खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पहिलो खेल गुमाउने भएका छन्।

उनले दुई पटकको च्याम्पियन इस्लामावाद युनाइटेड विरुद्धको खेल गुमाउने भएका हुन् । हाल लामिछाको टिम मेलबर्न स्टार्सले बिग ब्यास लिग बिहिबारै हुने सेमिफाइनलमा होबर्ट हुरिक्यान्ससँग खेल्नेछ।

यदि सन्दीपको टोलीले होबर्टलाई हराउँदै फाइनल पुगेमा आगामी फेब्रुअरी १७ तारिकमा हुने फाइनल पछि मात्र उनी युएई जानेछन्।

युएईमा जादाँ डबल राउण्ड रोविनका आधारमा खेलाईने खेलमा सन्दीपको टिम क्वालन्दर्सले ३ खेल खेलिसकेको हुनेछ।

क्लान्दर्समा सन्दीपको अलवा दक्षिण अफ्रिकाका बिस्फोटक ब्याट्मेन एबि डिभिलियर्सलाई समेत रहेका छन् । टोलीको कप्तानी डिभिलियर्सले सम्हाली रहेका छन्।

क्वालान्दर्सले सन्दीपललाई ५० हजार डलरमा खरिद गरेको थियो।

चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछ। यसको उद्घाटन खेल यूएर्इको दुबर्इमा हुनेछ भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुनेछ। प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ।

सन्दीपले यसै वर्ष क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्यास र बंगलादेश प्रिमियर लिग खेलिसकेका छन्।




भर्खरै