१० असार २०८३, बुधबार
,
Latest
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुले जहाजलाई धकेले पछि…



अ+ अ-

काठमाडौं । बाजुराको बिमानस्थलमा बुधबार दिउसो अनौठो दृश्य देखियो । बिमानस्थलमा यात्रुहरु सकि नसकि बिमानलाई मोटर स्टार्ट नहुदा धकेले जस्तै गरेर धकेल्दै थिए । बिमान केही पर सरेपछि यात्रुहरु रमाउथे ।

यात्रुहरुले तारा एयरको जहाज धकल्दै केही पर सम्म लगे । हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । अबतरण गरेपछि बिमानको पछाडिको टायर पड्कियो ।

जहाजका कारण ट्याक्सी–वे अवरुद्ध भयो ।  जसका कारण अन्य बिमानले उडान  गर्न कठिनाई भयो । गन्तब्यमा पुग्न तयार भएर बसेका यात्रु अलमलमा परे । त्यसपछि उपाय निस्कियो सबे जना मिलेर बिमानलाई धकल्दै केही पर सम्म पुर्योउने ।अनि यात्रु, सुरक्षाकर्मीहरु मिलेर बिमानलाई केही पर सम्म पुर्योए र किनारा लगाए । सामाजिक संञ्जालमा राखिएको यो भिडियो अहिले भाईरल बनेको छ ।