१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

न्यायपालिकाको समस्या समाधान गर्न सर्वदलीय बैठकबाट उपाय खोज्नुपर्छ : सभामुख सापकोटा (भिडियो सहित)

न्यायपालिकाको समस्या समाधान गर्न सर्वदलीय बैठकबाट उपाय खोज्नुपर्छ : सभामुख सापकोटा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताउनु भएको छ । 

बिहीबार अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागी भइ स्वदेश फर्किनुभएका सभामुख सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताउनु भएको हो । 

उहाँले सम्मेलनमा राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकार रहेको बताउँदै अब संसद र न्यायपालिकाको समस्या समाधान गर्नका लागि सर्वदलीय बैठक बोलाएर उपाय खोज्ने बताउनु भयो । सभामुख सापकोटाले सम्मेलनमा नेपालमा संविधान जारी भएपछि लोकतान्त्रिक कुरा, समानुपातिक समावेशी सिद्धान्तका  कुरा, सबै आयामहरुलाई समेटेका कुरा, एक तिहाई केन्द्रमा, ४१ प्रतिशत भन्दा बढी महिलाहरु प्रदेशसभामा रहेका कुराहरुको उल्लेख गर्दै र त्यसमा पनि लोकतान्त्रिक अभ्यासलाई जीवन्त र जनमुखि बनाउनु पर्छ भन्ने कुरामा जोड दिएको बताउनु भयो ।    

सभामुख सापकोटाले भन्नुभयो, ‘जहाँसम्म यहाँको कुरा छ, अहिले म यहाँ आउँदैछु, यी संलग्न कुरामा म जानुभन्दा पहिला नेपाल बारले मलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । हामी त्यहाँ यसरी केन्द्रित भयौँ, देशको प्रतिनिधित्व गर्नुपर्ने भएकोले देशको बारेमा सकेसम्म धेरै कुराहरु स्थापित गर्न हामीले कोशिस गर्नुपर्ने भएकोले ती केन्द्रित रहियो, राष्ट्रिय राजनीतिको बारेमा सामान्य त थाहा हुने नै भयो, म जानकारीमा छु, तर फेरि कसरी पहल कदमी लिने, धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा यहाँ आएपछि नै मैले सोचेको छु । संसदको कुरा पनि म भर्खर आउँदैछु आएपछि सर्वदलीय बैठक अरु बैठक केके हुन्छ, उपाय खोज्नको लागि अब म यसमा नै केन्द्रित हुनेछु ।’

सभामुख सापकोटाले नेपाल र विश्वमा नै अहिलेको चुनौति भनेको सबैलाई समेटेर लैजानुपर्ने कुरा रहेको बताउनुभयो । उहाँले आदीवासी, जनजाती, सिमान्तकृत जनसमुदायहरु लोकतन्त्रमा विभाजित हुनु भनेको न्यायप्रणालीमा कमजोर हुनु रहेको बताउनु भयो । सभामुख सापकोटाले सम्मेलनमा प्रविधि र सञ्चारको विकास राम्रो भएपनि कहिलेकाहीँ तथ्यहीन प्रचारका कारण राजनीतिक पार्टीहरुप्रति विश्वास कमजोर बन्दै गएको र पार्टीका आन्तरिक लोकतान्त्रिक अभ्यास गर्ने कुरामा कमजोरी रहेको लागयतका विषयमा छलफल भएको बताउनु भयो । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा मंसिर ८ गते स्पेनको म्याड्रिड जानुभएको थियो ।